- दुई शिक्षकको अपहरण
- बलात्कार गर्न खोज्ने युवकको हत्या
- सूद आज स्याङबोचे जाने/सोलुखुम्बुमा सूदलाई अवरोध
- नेपाली महिला क्रिकेट टोली सेमीफाइनलमा
- समायोजन र पुनर्स्थापना कार्ययोजना बनेन
- पाण्डेको अध्यक्षतामा ४१ सदस्यीय गाउँ इकाइ समितिको चयन
- 'फस्ट लभ' ले एक सातामा ९० लाख कमायो
- डेढ सय रुपैयाँमै थ्रीजी सिमकार्ड
- नेपालमा ब्ल्याकबेरी मोबाइल सुरु, एउटा सेटको आधा लाख
- मृगौला उपचारमा वीरलाई नयाँ सफलता / एकै व्यक्तिको दोस्रो पटक प्रत्यारोपण
- नयाँ बजेट नआउँदा अर्थतन्त्र अन्योलग्रस्त
- शर्माले सभासदबाट आज राजिनामा दिंदै
- प्रधानमन्त्री निर्वाचन भदौ ७ मा
- एक हजार अशोकका बोट रोप्दै छौ : मिठाराम हुमागाई, कार्यकारी अधिकृत
- भारतको स्वतन्त्रता दिवस / नेपाललाई ५७ करोड सहयोग
- साउन अन्तिम सोमवारमा पूजा गर्नेको भींड
- पुकार क्षेत्रीद्धारा आफ्नै कन्चटमा गोली
- भाजपाद्वारा नेपालमा प्रजातान्त्रिक सरकारको चाहना व्यक्त
- यसवर्ष कर्मचारीले दसैँ खर्च नपाउने !
- अल्पमतको सरकार संवैधानिक आधार छैन
- अपांग महिलालाई जबर्जस्ती गर्ने पक्राउ
- सभासद् यादवको राजधानीमा श्रद्धान्जली
- गरिबीका कारण सामूहिक आत्महत्या
- कुटाईबाट संचारकर्मी घाइते
- कसले बनाइदिने आलोचना पचाउने हाजमोला : राम चन्द्र भट्ट
- मैले तीनैजना नेताको समर्थन पाएको छु : बहादुरसिंह लामा
- भदौदेखि होम टिभी नुवाकोटमा
- जिफन्टको जिम्मा सेढाईंलाई
- नुवाकोटमा पनि आदिवासी दिवस
- प्रहरीचौकी पुनर्निर्माण हुने
- विवाद मिलाउन शिक्षकको अनुरोध
- झोलुङ्गे पुल मर्मत
- निगुरो बिक्रीबाट नुनतेलमा सहज
- विज्ञापनमा एकद्वार प्रणाली
- नुवाकोटको अलपत्र बौद्ध विहार
- मेरो उम्मेदवारी निष्ठाको राजनीति हो, पैसाको होइन : जगदीश्वरनरसिंह केसी
- हावाबाट बिजुली
- भूसंरक्षण दिवसमा तीन सम्मानित
- पहिरोको कारण सात घर विस्थापित
- अन्तत्र्रिmया सम्पन्न
- मोटरसाइकल बिक्रेता सम्मानित
- राहतको मल नपाउूदा किसान आहत
- नुवाकोटमा वार्षिक डेढ सय किलो सुन खपत
- एनडीईपी डेभलपमेन्ट बैंक बट्टारमा
- चौकीदारको मुखमा कैदीको मुक्का
- काङ्ग्रेसमा भिडन्त
- पाँचौं हार कुर्दै छन पौडेल र प्रचण्ड
- प्रधानमन्त्रीको निम्ति तीन ठूला पार्टीभित्रै होड
- विशेष सुरक्षा योजना पूर्वमा सफल: प्रहरी
- 'तलब बढाउने आधार छैन'
डेढ सय रुपैयाँमै थ्रीजी सिमकार्ड
नेपाल टेलिकमले डेढ सय रुपैयाँमा थर्ड जेनेरेसन (थ्रीजी) मोबाइलको सिमकार्ड वितरण गर्ने तयारी गरेको छ। टेलिकमले थ्रिजी मोबाइलप्रति उपभोक्तालाई आकर्षित गर्न मूल्य घटाएर वितरण गर्न लागेको हो। थ्रीजी मोबाइल छिटो इन्टरनेट चल्ने र भिडिओ कुराकानी गर्न सकिने प्रविधि हो। यसमा लाइभ टेलिभिजन कार्यक्रम समेत हेर्न सकिन्छ।यसको जिम्मा हामीले थ्रीजी सेट बेच्ने कम्पनीहरुलाई दिने निर्णय गरेका छौं,' मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले भने।
एकसय ५० रुपैयाँको सिमकार्डबाट ७५ रुपैयाँको कुराकानी र एसएमएस गर्न सकिन्छ। '७५ रुपैयाँ सिमशुल्क र ७५ रुपैयाँ टकभ्यालु हुन्छ,' शाक्यले भने।
अहिले थ्रीजीको सिमकार्डलाई एकहजार पाँचसय रुपैयाँमा टेलिकमले बिक्री गरिरहेको छ। एकहजार पाँच सय रुपैयाँको सिममा एक हजार रुपैयाँको कुराकानी गर्न सकिन्छ।
मोबाइल सेट बेच्ने कम्पनीहरुसँग सहकार्य गरेर कम मूल्यमा थ्रीजी सिम बेच्ने योजना टेलिकमको छ। नेपालमा नोकिया, सामसुङलगायत केही कम्पनीहरुले थ्रीजी सेट बिक्री गरिरहेका छन्।
'थ्रीजी सेट बेच्ने ४/५ कम्पनीसँग एक पटक कुराकानी भएर हामीले यस्तो निर्णय गरेका हौं,' शाक्यले भने। तीन वर्ष अघि टेलिकमले यो सेवा सुरु गरेको हो।
बजारमा स्थापित र चलेका नोकिया, सामसुङ, एलजी, मोटोरोलाजस्ता ब्रान्डका थ्रीजी सेटको मूल्य कम्तिमा नौ हजार रुपैयाँ पर्छ।
टेलिकमले मोबाइल सेटका व्यापारीलाई नै थ्रीजीको सिमकार्ड दिन्छ। व्यापारीले थ्रीजी सेट किन्नेलाई नियम अनुसार फर्म भराएर सिमकार्ड बेच्नुपर्नेछ। सेट बेच्न बसेकालेनै उपभोक्तालाई थ्रीजी चलाउन सिकाउनुपर्ने भएकोले तालिम समेत दिने तयारी टेलिकमले गरेको छ।
नेपाली बजारमा अहिले एलजीको सबैभन्दा कम मूल्यको थ्रीजी सेट नौ हजार रुपैयाँमा पाइन्छ। सामसुङको सबैभन्दा सस्तो थि्रजी ११ हजार एकसय ५० रुपैयाँमा पाइन्छ।
टेलिकमले सस्तो मूल्यमा थ्रीजी सिमकार्ड वितरण गर्न कार्यविधि तयार गरिरहेको छ। सुरुमा प्रिपेड थ्रीजी मात्र वितरण गर्ने तयारी टेलिकमको छ।
थ्रीजी प्रिपेडबाट भिडिओ कुराकानी गर्दा उपभोक्ताले मिनेटको ६ रुपैयाँ २० पैसा तिर्नुपर्छ। थ्रीजी पोष्टपेडबाट भिडिओ कुराकानी गर्दा मिनेटको पाँच रुपैयाँमात्र पर्छ।


