नेपाली पत्रपत्रिका

अनलाईन् रेडियो

उपयोगी लिङ्कहरु

शर्माले सभासदबाट आज राजिनामा दिंदै

तराई मधेस लोकतान्त्रिक पार्टी परित्याग गरि एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएका रामकुमार शर्माले सभासद पदबाट बुधबार राजिनामा दिनुहुने भएको छ ।

बुधबार अपरान्ह बस्ने व्यवस्थापिका संसदको बैठकमा सभासद शर्माले राजिनामा दिनुहुने माओवादीका सचेतक पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीले मंगलबार मात्रै शर्माको सभासद पद खारेजिका लागि सभामुख सुवासचन्द्र नेम्वाङ समक्ष पत्र बुझाएको थियो ।

शर्मालाई पदमुक्ति गरि पाउँ भन्ने व्यवहोराको पत्र तमलोपाका सचेतक वृजेशकुमार गुप्ताले मंगलबार सभामुख नेम्वाङ समक्ष मंगलबार बुझाएकाले शर्माले राजिनमा दिन थाल्नु भएको स्रोतको दावी छ ।

एक वर्ष अघि तमलोपा छाडेर माओवादीमा प्रवेश गरेका सभासद शर्मालाई स्पष्टिकरण लागि बोलाएको भएपनि स्पष्टिकरण दिन नआएपछि खारेजिका लागि मंगलबार तमलोपाले सभामुख समक्ष पत्र बुझाएको थियो ।

संविधानसभा अन्तर्गत महोत्तरी क्षेत्र नम्बर ४ बाट शर्मा प्रत्यक्ष निर्वाचनमा तमलोपाका तर्फबाट निर्वाचित हुनुभएको थियो ।

- www.onlinekhabar.com